काठमाडौँ – इटालिएन सिरी ए फुटबलमा युभेन्ट्सले काग्लिरीलाई २–० गोलले हराएको छ ।

गएराती भएको खेलमा युभेन्ट्सलाई जिताउन मोइस किन र फेडेरिको बर्नार्डेस्चीले गोल गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जितपछि युभेन्ट्स १९ खेलबाट ३४ अंकसहित लिगको पाँचौ स्थानमा छ भने काग्लिरी रेलिगेसनमा छ ।

अर्को खेलमा गिनोया र एटलान्टाले गोलरहित बराबरी खेलेका छन् ।