भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्। गत २४ घण्टामा भएका संक्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका छन्। तीमध्ये पनि ७६६ जना निको भएका छन्। सोही अवधिमा थप १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० छ। अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना संक्रमण निको भएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख ८ हजार ८८६ पुग्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



