सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्न दोलखाको भीमेश्वर नगरपालिकाले घर नक्सा र भवन निर्माण अनुमति अनलाइनबाटै दिने प्रक्रिया सुरु गरेको छ । नगरप्रमुख भरतबहादुर केसीले नगरपालिकाले घर नक्सा डेमो नामक एप्लिकेसनमार्फत अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनका अनुसार वैज्ञानिक, व्यवस्थित, छिटोछरितो र पारदर्शिताका लागि यस्तो सेवा सुरु गरिएको हो । नगरलाई मार्ट सिटी बनाउने लक्ष्यको सुरुवाती पनि यससँगै सुरु भएको उनको भनाइ छ । घर नक्साको कामलाई झन्झटमुक्त बनाएर सहज सेवा दिन यसले सहयोग गर्ने अपेक्षा राखिएको छ । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सुरेश राउतले नगरमा प्रत्येक वर्ष करिब दुई सय घर निर्माण हुने गरेको जानकारी दिए । ‘भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरीवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक, पारदर्शी र चुस्त बनाउन यो प्रणाली सञ्चालनमा ल्याइएको हो,’ उनले भने, ‘यसबाट जहाँ र जतिबेला पनि अनलाइनमार्फत घर नक्साका लागि दर्ता, अनुमतिका लागि आवेदन, आवश्यक कागजातको सहज भण्डारण र सहज रूपमा फिल्ड अनुगमनमा सहयोग मिल्नेछ ।’ उनका अनुसार भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानको पालना, जाँचमा सहजता, घरधनी, डिजाइनर, ठेकेदार तथा डकर्मीहरूको स्पष्ट जानकारीका लागि यो प्रणाली उपयोगी हुनेछ ।
अनलाइनबाटै नक्सा र घर निर्माणको अनुमति
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

अनलाइनबाटै नक्सा र घर निर्माणको अनुमति
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



