भारतको हैदराबादमा कोरोना भ्याक्सिन चोरी भएको समाचार बाहिरिएको छ। यहाँको जामबाग युपीएचसीबाट चोरहरूले करिब ६ सय डोज कोभिशिल्ड र कोभ्याक्सिन चोरेका छन् । यति मात्र नभइ चोरहरूले स्टोररुमबाट दुईवटा कम्प्युटर र केही सेनेटरी सामान समेत चोरेका छन्। उनीहरुले अटो रिक्साको टायर पनि चोरेर लगेको बताइएको छ। अस्पतालका कर्मचारीको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको बताइएको छ। यो घटना कालीखबर रोडको हो । यो क्षेत्र मीर चोक प्रहरी चौकीअन्तर्गत पर्छ। चोरहरुले स्वास्थ्य संस्थाको ढोका फोडेर भ्याक्सिन चोरेका हुन्। चोरहरुले कोभिसिल्ड २४ र कोभ्याक्सिनको १७ शिशी चोरेका हुन्। चोरिएको भ्याक्सिनमा करिब ६ सय डोज भ्याक्सिन रहेको बताइएको छ। स्वास्थ्य केन्द्रमा घरदैलो खोप अभियानका लागि खोप राखिएको बताइएको छ ।
हैदराबादमा ६ सयबढी डोज कोरोना खोप चोरी
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

हैदराबादमा ६ सयबढी डोज कोरोना खोप चोरी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



