कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ । यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको छ । कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको हो ।
त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द, स्वागत र बिदाइमा नआउन आह्वान
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:#कोरोना महामारी

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



