माघ १ गते थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित भएको छ । कोरोना बढेका कारण काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो । थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ । संयोजक चौधरीले भने, ‘माघ १ गते थोरै मान्छेको उपस्थितिमा कार्यक्रमलाई सामान्य औपचारिकता दिइने छ ।’ यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको संजोग लाफा मगरले रातोपाटीलाई बताए । उता थरहटको जिल्ला जिल्लामा पनि घोषणा गरिएको थारू माघी महोत्सव धमाधम स्थगित हुँदैछ । माघीको अवसरमा चितवनमा गरिने खिचडा महोत्सव स्थागित भएको छ । त्यस्तै, थारू कल्याणकारिणी सभा दाङबाट आयोजना गरिएको माघ महोत्सव स्थगित गरिएको जानकारी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।
टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

टुँडिखेलमा थारू र मगरको माघी महोत्सव स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



