अस्ट्रेलियाले दोस्रो पटक नाभाक जाकोभिचको भिसा रद्द गरेको छ । शुक्रबार विश्वकै नम्बर एक टेनिस प्लेयरले खोप नलगाएको भन्दै समुदायलाई जोखिम पुर्याउन सक्ने अस्ट्रेलियाले दोस्रो पटक उनको भिसा रद्द गरेको हो । अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा फेरि रद्द गर्न थप शक्ति प्रयोग गर्दै उनको भिसा रद्द गरेको हो । यसअघि आफ्नो भिसा जोगाउन जाकोभिचले अदालतमा दिएको निवेदनपछि अदालतले उनको भिसा जोगाउन आदेश दिएको थियो । सोमबार उनी हिरासतबाट मुक्त भएका थिए । धारा १३३ को सी ३ को प्रयोग गर्दै जाकोभिचको भिसा रद्द गरेको अध्यागमन मन्त्री हकले बताएका छन् । केही दिनअघि जाकोभिच अस्ट्रेलिया ओपन खेल्न मेलबर्न विमानस्थलमा उत्रेसँगै उनलाई त्यहाँबाटै हिरासत होटेलमा राखिएको थियो भने, उनको भिसा रद्द गरिएको थियो । जाकोभिच गत डिसेम्बर १६ मा कोरोना संक्रमण पुष्टि भएपछि पनि दुई दिनपछि एक अन्तर्वार्तामा सहभागी भएका थिए । उनी कोरोना भाइरसविरुद्धको खोप विरोधीका रुपमा चिनिएका थिए ।
अस्ट्रेलियाले दोस्रो पटक जोकोभिचको भिसा रद्द गर्यो
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

अस्ट्रेलियाले दोस्रो पटक जोकोभिचको भिसा रद्द गर्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



