सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो। तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक/एक जना रहेका छन्। निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदिश जोशीले प्रदेशमा संक्रमित देखिएकामध्ये धेरैमा ओमिक्रोन हुनसक्ने अनुमान गरिएको बताए। यसअघि यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भने भएको थिएन।सुदूरपश्चिममा कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला छैन। अहिले सुदूरपश्चिममा चार हजार २ सय ७९ जना कोरोना संक्रमित छन्। उनीहरू अधिकांश घरमै आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। यस प्रदेशमा ५९ प्रतिशतले कोरोना विरूद्धको दुवै मात्रा खोप लगाएका छन् ।
सुदूरपश्चिममा चार जनामा ओमिक्रोन पुष्टि
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

सुदूरपश्चिममा चार जनामा ओमिक्रोन पुष्टि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



