भारतमा लगातार पाँचौ दिन कोरोना संक्रमण घटेको छ। पछिल्लो २४ घन्टामा २ लाख ५५ हजार ८ सय ७४ कोरोनाका नयाँ संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसअघि लगातार ५ दिनसम्म तीन लाख भन्दा बढी संक्रमित भेटिएका थिए। सोमबार ३ लाख ६ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो। यो सँगै भारतमा दैनिक संक्रमणदर १५.५ प्रतिशतमा झरेको छ। यसअघि सोमवारको दैनिक संक्रमण दर २०.७५ प्रतिशत थियो। सक्रमित घटेसँगै निको हुनेको संख्या बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ७ सय ५३ जना निको भएका छन्। यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८ सय ४२ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६१४ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा कोरोना पोजेटिभ दर ११.७९ प्रतिशतमा झरेको छ। पछिल्लो २४ घन्टामा यहाँमा ५७६० नयाँ संक्रमित फेला परेका छन्।
लगातार पाँचौ दिन घट्यो भारतमा कोरोना संक्रमण
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

लगातार पाँचौ दिन घट्यो भारतमा कोरोना संक्रमण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



