आसन्न नेपाल र मोरिससको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । जनवरी २९ र फेब्रेवरी एक तारिखमा हुने दुई वटा मैत्रीपुर्ण खेलको प्रत्यक्ष प्रशारण अधिकार कान्तिपुरले पाएको छ । कान्तिपुर र अखिल नेपाल फुटबल संघ एन्फाविच आधिकारीक रुपमा सहमती भएको बताइएको छ । हाल ए डिभिजन लिगको समेत प्रत्यक्ष प्रशारण गरिरहेको कान्तिपुरलाई नै एन्फाले मैत्रीपुर्ण खेलको अधिकार दिएको छ । नेपालसँगको खेलका लागि मोरिससको टिम सोमबार काठमाडौं पुगेको छ । २३ खेलाडी र १० अफिसियलसहितको टिमका केहि मुख्य खेलाडी भने नेपाल आउन पाएनन् । यो मैत्रीपुर्ण खेलका लागि नेपाली टिमले बन्द प्रशिक्षण गरिरहेको छ । केहि दिनमा नै नेपाली टिमले पनि अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ । फिफा विन्डोको बेला नेपालले पहिलो पटक अफ्रिकी देश मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न लागेको हो । यो खेलका लागि नेपाली टिममा केहि नयाँ अनुहार देखिने संभावना पनि छ ।
नेपाल र माेरिससकाे खेल कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

नेपाल र माेरिससकाे खेल कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##खेलकुद

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



