पुष्पा फिल्मको रिलिजपछि तेगुलु सुपरस्टार अल्लु अर्जुनको निकै चर्चा चुलिएको छ। कोरोनाका कारण विश्वको फिल्म बजार सेलाउँदै गएका बेला अल्लुको चर्चा भने सेलाउन पाएको छैन। वास्तविकतामा धेरै चर्चा नरुचाउने अल्लुका बारेमा विभिन्न तथ्य बाहिर आइरहेका छन्। अल्लु कार कलेक्सनमा निक्कै सौखिन देखिएका छन्। उनीसँग लक्जरी कारका साथमासुपर लक्जरी भ्यानिटी भ्यान समेत छन्। सन २०१९ मा अल्लुले फाल्कन नामको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका थिए। उनको यो भ्यानको भित्री भाग महल जस्तो छ। अल्लु अर्जुन त्यसपछिका हरेक सुटिङमा जाँदा यहि भ्यान प्रयोग गर्छन्। अल्लुको ग्यारेजमा ‘हमर एच २’ पनि छ। महेन्द्र सिंह धोनी, मिका सिंह, हरभजन सिंहले पनि यहि गाडी प्रयोग गर्छन्। यो गाडीको मूल्य ७५ लाख भारतीय रुपैयाँ पर्छ। अल्लुको ग्यारेजमा प्रिमियम एसयूभी रेन्ज रोभर भोग पनि छ। अल्लु आफ्नो आवश्यकता अनुसार गाडी प्रयोग गर्छन्।
अल्लु अर्जुनको कार कलेक्सन
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

अल्लु अर्जुनको कार कलेक्सन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



