भारतमा लगातार चार दिनसम्म कोरोना संक्रमितमा गिरावट देखिएपछि एकपटक पुनः संक्रमितको संख्यामा वृद्धि भएको । मंगलबार २,८३,४९९ संक्रमित भेटिएका थिए । यतिबेला २.९८ लाख व्यक्ति निको पनि भए जबकी ६५९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब २७ हजारको वृद्धि भएको छ । देशमा हाल कूल सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २२.१५ लाख छ । कुल संक्रमित ४ करोड पार भएको छ । सोमबार देशमा २,५५,८७४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.६७ लाख व्यक्ति निको भए जबकी ६१४ जनाको मृत्यु भएको थियो । यस्तै आइतबार देशमा ३,०६,०६४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । शनिबार ३,३३,५३३ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यसको एकदिन अघि शुक्रबार ३,३७,७०४ संक्रमित भेटिएका थिए र बिहिबार ३,४७,२५४ जना संक्रमित भेटिएका थिए । अर्थात् शुक्रबारदेखि कोरोना संक्रमितमा गिरावट आइरहेको थियो ।
भारत : चार दिनसम्म घटेको संक्रमितमा पुनः वृद्धि
सवालनेपालसंवाददाताबुधबार, १२ माघ २०७८

भारत : चार दिनसम्म घटेको संक्रमितमा पुनः वृद्धि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



