कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी भन्ने राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट चार ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराहका प्रेम बडुवालको घरबाट उनीहरूले चोरी गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## स्वास्थ्य

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



