सरकारले खोप उपलब्ध गराउन नसक्दा ललितपुर महानगरपालिकाले वुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ । महानगरले आज सूचना जारी गर्दै खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। महानगरले यसअघि माघ १४, १६ र १७ गतेका लागि ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि थप मात्रा खोप (वुस्टर) लगाउने गरि कार्यक्रम तय गरेको थियो । तर, सरकारले भेरोशिल खोप उपलब्ध गराउन नसकेको भन्दै अन्तिम समयमा खोप कार्यक्रम स्थगित गरेको हो । हाललाई सो कार्यक्रम स्थगित गरी कोभिशिल्ड खोप मात्र लगाईने महानगरको सूचनामा उल्लेख छ । कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएका ६० वर्ष माथिका व्यक्तिहरुले आ-आफ्नो वडामा सम्पर्क गरी कोभिशिल्ड खोपको वुस्टर डोज लगाउन पालिकाले अनुरोध गरेको छ ।
ललितपुरमा खोप नहुँदा बुस्टर कार्यक्रम स्थगित
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

ललितपुरमा खोप नहुँदा बुस्टर कार्यक्रम स्थगित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



