प्रहरीले भारतसँग जोडिएको दाङको सिमावर्ती क्षेत्र कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरेको छ । जिल्लाको गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोलास्थित सिमावर्ती क्षेत्रबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको हो । भालुखोला जंगलमा नियमित गस्तीका क्रममा पुगेका सशस्त्र प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो । कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका (विओपी) प्रमुख माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको पैदल गस्तीले रुखको फेद मुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । बन्दुक विभिन्न किसिमका चोरीपैठरी, वन्यजन्तुको तस्करी तथा अपराधिक क्रियाकलापमा प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक
सवालनेपालसंवाददाताशुक्रबार, १४ माघ २०७८

सीमावर्ती क्षेत्रमा भेटियो भरुवा बन्दुक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



