बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।

भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।