काठमाडाैं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटाएर पठाएको छ ।

सोमवार निगमलाई आईओसीले डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगमले जनाएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निगमलाई अघिल्लो पटक पनि आईओसीले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको थियो तर नेपालमा मूल्य घटेकाे थिएन ।

यसपटक भने पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन भइ केही रूपैयाँ घट्ने अनुमान गरिएकाे छ ।