दमक ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

मारवाडी सेवा समितिको सभाकक्षमा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चुडामणी ओझाले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक चुडामणी न्यौपानेबाट लेखा समितिको प्रतिवेदन पेश भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ति दुवै प्रतिवेदन सभाबाट सर्वसम्मत पारित भएका संस्थाका व्यवस्थापक गोकुल न्यौपानेले जानकारी दिए । सभामा पेश भएको प्रतिवेदनमा जनाइए अनुसार संस्थाको शेयर पुँजी अघिल्लो आर्थिक बर्षको तुलामा ०.८३ प्रतिशतले बुद्धि भएको र बचतमा ५.४५ प्रतिशतले बुद्धि भएको छ ।

संस्थाको कर्जा लगानी भने ०.५३ प्रतिशतले कमि आएको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयरसदस्य तथा बचत कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै विभिन्न उपसमिति तथा कर्मचारीहरुलाई पनि पुरस्कार एवं सम्मान प्रदान गरिएको अध्यक्ष ओझाले जानकारी दिए । साधारण सभाको उदघाटन कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्र गुरुगं, कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मणिकुमार भण्डारी, मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगाले, प्राध्यापक एवं सहकारीकर्मी राधिका ओझा , फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फूलकुमारी आङ्दम्बे, सहकारी तथा व्यवसायिक क्षेत्रका अगुवा रोहित आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।