आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो।

यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।

प्रतियोगिताका खेल पाँच शहरका आठ स्थानमा खेलाइनेछन्।

२०१८ को फिफा विश्वकप फाइनलमा क्रोएसियालाई ४-२ ले हराएको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो।

कतारको गर्मी र आर्द्रताको कारण यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना हुन लागेको हो।

२९ दिनको कम समयसीमामा खेलाइनेछ उद्घाटन खेल कतार र इक्वेडर बीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। फाइनल १८ डिसेम्बर २०२२ मा कतारको राष्ट्रिय दिवसमा हुनेछ।