बिर्तामोड, मङसिर ४ गते । झापा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । हालसम्म ७०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता लिनुभएको छ ।

स्वतन्त्र पार्टीको घण्टीले ३२५ मत ल्याउँदा एमालेका लालप्रसाद साँबाले १९७ मत र नेपाली कांग्रेसका देउमान थेबेको ११५ मत आएको निर्वाचन कार्यालय झापा ४ का निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी झापा ४ मै हाम्रो नेपाली पार्टीका यसैगरी युक्त भेटवालको लौरोमा ९ र स्वतन्त्रकी खुश्बु ओलीको क्रस खुकुरीमा १४ मत आएको छ । झापा ४ कनकाई नगरपालिकामा सोमवार दिउँसो १२ बजेबाट गणना सुरु भएको हो ।

कुल ६ स्वतन्त्रसहित १८ उम्मेदवारले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । यस क्षेत्रमा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो ।