गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्टले मतान्तर फराकिलो बनाएका छन्।

१० हजार ९१३ मत गन्दा उनले ६ हजार ४४४ मत पाएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाक्रीले ४०९४ मत पाएकी छन्।

विष्टभन्दा झाक्री २३ सय ५० मतले पछि परेकी छन्।

प्रदेश १ तर्फ पनि नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसालले अग्रता लिएका छन्। उनले १६३४ मत पाएका छन्।

यस्तै कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४९९ मत पाएका छन्।