काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम दुई हजार २५० मतान्तरले अगाडि छिन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार सोविताले ९ हजार ६३७ मत प्राप्त गरेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मणिराम फुयालले सात हजार ३८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाकी कुन्तीदेवी पोखरेलले ६ हजार ७६९ मत प्राप्त गरेकी छन् भने सत्ता गठबन्धनकी ओनसरी घर्तीले ६ हजार १९३ मत प्राप्त गरेकी छन् ।