मोरङ ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालाले एमाले उम्मेदवार लालबाबु पण्डितसँगको मतान्तर फराकिलो पारेका छन्।

अहिलेसम्म शेखर र लालबाबुबीचको मतान्तर २१६३ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो मत परिणाम अनुसार शेखरले ११ हजार ११३ मत प्राप्त गर्दा लालबाबु पण्डित ८ हजार ९५० मत सहित शेखरलाई पछ्याइरहेका छन्।

मत गणना जारी रहेको मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ७६९ मत पाएका छन्।