पूर्वी नवलपरासी-१ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले आफूले प्रधानमन्त्री पदका लागि दाबी गर्ने बताएका छन्। विजयी घोषित भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताएका हुन्।

‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ,’ कावासोतीमा सञ्चारकर्मीसँग बोल्दै कोइरालाले भने, ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस पटकको निर्वाचनले युवालाई अघि बढाउन सन्देश दिएको बताएका उनले भने, ‘त्यसलाई आत्मसात गर्नपर्ने अवस्था राम्ररी बुझेको छु।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तरास्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी थियो।