९ मंसिर, पाल्पा । कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्‍याए ।

यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।