१० मंसिर, विराटनगर । प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो । पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ वटा क्षेत्र जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा २ क्षेत्र जितेको छ ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । ५६ निर्वाचितसहित ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । जसमा ३६ जना निर्वाचित भएका थिए । कांग्रेसबाट ८ जना निर्वाचित सहित २१ जना सांसद थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

११ वटा क्षेत्र जितेको माओवादीका समानुपातिक ५ सहित १६ जना सांसद थिए । एक जना निर्वाचितसहित जनता समाजवादी पार्टी (जसपा) को ३ र संघीय लिम्बुवान राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना समानुपातिक सांसद थिए ।

नेकपा एमाले

१. सोलुखुम्बु १ (२) : वुद्धिकुमार राजभण्डारी

२. मोरङ ४(१) : जयप्रकाश चौधरी

३. झापा २(१) : एकराज कार्की

४. झापा २(२) : तिलचन पाठक

५. झापा ५(१) : हिक्मतकुमार कार्की

६. झापा ५(२) : होमबहादुर थापा

७. इलाम २(२) : रामबहादुर मगर

८. ताप्लेजुङ १ (१) : तिलकुमार मेन्याङ्बो

९. खोटाङ १ (१) : पाँचकर्ण राई

१०. झापा ३(२) : छविलाल चुडाल

११. धनकुटा १ (१): निरन राई

१२. धनकुटा १ (२) : इन्द्रमणि पराजुली

१३. तेह्रथुम १ (१) : किशोरचन्द्र दुलाल

१४. मोरङ १(१) : उमकान्त गौतम

१५. सुनसरी १(१) : रमेश बस्नेत

१६. सुनसरी २(१) : रेवतीरमण भण्डारी

१७. मोरङ २(२) : लिलाबल्लभ अधिकारी

१८. संखुवासभा १(२) : विदुरकुमार लिंथेप

नेपाली कांग्रेस

१. झापा १(१) : गोपाल तामाङ

२. झापा ३ (१) : भूमिप्रसाद राजवंशी

३. मोरङ ५ (१): गयानन्द मण्डल गनगाईं

४. मोरङ ५(२) : अमृत अर्याल

५. मोरङ ४(२) : भिम पराजुली

६. मोरङ ६(२) : केदार कार्की

७. मोरङ ३(१) : मानबहादुर लिम्बु

८. ओखलढुंगा १ (१) : प्रदीपकुमार सुनुवार

९. उदयपुर १(२) : हिमाल कार्की

१०. उदयपुर २(२) : रामकुमार खत्री

११. ताप्लेजुङ १(२) : खगेनसिंह हाङ्गाम

१२. खोटाङ १(२) : भुपेन्द्र राई

१३. भोजपुर १(२) : विनोद वान्तवा

नेकपा माओवादी केन्द्र

१. ओखलढुंगा १(२) : बाबुराम गौतम

२. उदयपुर १(१) : राजन किराँती

३. उदयपुर २(१) : नारायणबहादुर मगर

४. पाँचथर १(२) : इन्द्रबहादुर आङ्बो

५. सोलुखुम्बु १ (१) : गोम्बु शेर्पा

६. मोरङ ६(१) : जीवन आचार्य

७. मोरङ २(१) : गणेश उप्रेती

८. संखुवासभा १(१) : राजेन्द्रकुमार कार्की

९. तेह्रथुम १(२) : दुर्गाप्रसाद चापागाईं

नेकपा एकीकृत समाजवादी

१. भोजपुर १ (१) : राजेन्द्रकुमार राई

२. पाँचथर १(१) : कमल जबेगु

राप्रपा

१. झापा १(२) : सविना बजगाईं

२. झापा ४(२) : भक्तिप्रसाद सिटौला