मतगणना जारी रहेको सुनसरी- ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन्।

१५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ।