पाल पत्रकार महासंघ, ललितपुर शाखा र बी एण्ड बी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए। उनकाअनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधि र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागू भई दुई वर्षसम्म रहने छ।

सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आवद्ध सबै शाखाका सदस्यहरु, पत्रकारका श्रीमान/श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन्। सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ।

सम्झौता पत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरी कार्कीले हस्ताक्षर गरेका छन् भने अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरज लाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गरेका छन्।