नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निरन्तर सत्तामा रहेको कारण चुनावी परिणाममा असर परेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टी निरन्तर सत्तामा रहेका कारण जनमत घटेको बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता यादवले गठबन्धनकोतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने स्थिति रहेको बताएका छन्।

'अहिले पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने स्थिति छ। कसैको काँधमा पनि चढ्नुपर्दैन। ओलीको नेतृत्व रहेसम्म एमालेको सहयोग लिनुहुँदैन,' उनले भने।

एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले हाल १७ सिट जितेको छ।

यसपटक माओवादी मधेस र सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन।

पदाधिकारी बैठकमा माओवादी केन्द्रले चुनावी परिणामबारे पनि समीक्षा गर्दैछ।