पाँचथर र धनकुटाको सिमावर्ती छ नम्बर बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गरेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

छ नम्बर बुधबारेदेखि जोरपोखरी हिँडेको सैनिकको गाडी दुर्घटनामा परेपछि घाइतेको उद्वार गरिँदै । तस्बिर : कान्तिपुर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ । गम्भीर अवस्थाका २ जनालाई वराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी साँझ काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।

दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, देवीलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर छन् ।

उनीहरुमध्ये चालक रवी तामाङ र नायक दिलबहादुर शाहीलाई विराटनगरमा उपचार गरिँदैछ ।

आइतबार ठूलो दुर्घटना हुँदापनि सेनाले माथिको आदेश भन्दै घटना सार्वजनिक गरेको छैन ।