काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको कारोबार मूल्य स्थिर रही प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमै कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै चाँदी पनि अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ नै कायम रहेको महासङ्घले जनाएको छ ।