भद्रपुर/ इलाम घर भई कनकाई नगरपालिका– ४ स्थित इलुवाबारी बस्दै आएका पदमलाल बास्तोला फेला परेका छन । बास्तोलाको शव शिवसताक्षी– १० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा बिहीबार दिउँसो ४ बजे शङ्कास्पद अवस्थामा फेला परेको हो ।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाइको घर बस्दै आएका बास्तोला बुधवार दिउँसो २ बजेदेखि सम्पर्क विहीन बनेका थिए । उनको टाउको र अनुहारमा धेरै चोट देखिएको छ । शवको प्रकृति हेर्दा हत्या भएको आंशका स्थानीयले गरेका छन् । शिवसताक्षी –१० का वडा अध्यक्ष हर्क बहादुर सिगुले भने, टाउकोमा चोटैचोट छ, हातभरि रगत देखिन्छ, शव रगतमा मुछिएको जस्तो छ, हेर्दा आत्महत्या जस्तो देखिँदैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता घटनास्थलमा पुगेका प्रहरी टोलीले हत्या वा आत्महत्या अहिले नै केही भन्ने अवस्था नभएको जानकारी गराए । यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । टाइम्स अफ प्रदेशबाट