धनुषा - धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

गाेली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–२ का धानुक दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली लागेर घाइते भएका ४० वर्षीय दासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । गोली चलाउनेको खोजी भइरहेको छ ।