काठमाण्डौ - काठमाण्डौको बूढानीलकण्ठमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका सवा ८ बजे बूढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे ज्यान गएको हो ।