काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपतकालिन मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।