डुँडामारी/ जंगली हात्तीबाट बच्नको लागि स्थानीय बासीहरु दैनिक रात्री कालिन गस्ती गर्ने गरेका छ्न । दैनिक जङली दिनहुँ गाउँमा हात्ती पसेर हैरानी दिएपछि हात्ती खेदाएर ज्यान बचाउन उनीहरु रातभर जागै बस्नु पर्ने अवस्था आएको हो ।

मुख्य लोकमार्गको उत्तर तर्फको जङलमा हुने हात्तिको अहारा जङ्ल फडानिले गर्दा नभए पछि आहाराको खोजीमा जंगली हात्तीहरु मानव बस्तीमा प्रबेस गर्न थलेका हुन । हाती मनब बस्तीमा पस्न थाले पछि हिउदे अन्न्बालीहरु खाने कोला, उखु लगायत भन्डरण गरि राखेको धान खाने गरेको स्थनिय बासिहरुको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यश अघि हातिले कहिले पनि दुख नदिएको यश क्षेत्रमा यो पटक दैनिक रातको समयमा बस्ती पस्ने गरेको छ । दैनिक रातको समयमा हात्ती गाउँ पस्न थाले पछि डुडामरिमा रहेको प्रगतिशील समाजसेवी युवा क्लबले डुडमारी देखि बुधचोक सम्म्को लागि करिब ३०हजार मूल्य बराबरको ५थान १००वाटको हेलो जिन लाइट जडान गरिएको क्लबका अध्यक्ष सन्त आङ्देम्बेले जान्कारी दिए ।

रातको समय चिसो मौसम अनि हात्तीको अतङक – बत्ती जडान अभियानका सम्योजक बहदुरसिङ सेर्माले दुखेसो पोखे । उनका अनुसर हात्ती रुङालुको लागि क्लबले डुडामरी र बुध्कोक्मा दाउराको व्यवस्था गरेको छ । स्थनियहरु आगो ताप्दै हात्ती रुङ्ने गरेका छन । ८नम्बर वडा कर्यलयले हात्ती धपाउनको लागि १ थान साइरन दिएको छ । स्थानियहरु अहिले हात्ती अतकंले गर्दा दिनमा सुत्ने र रातमा हात्ती रुङ्ने गरेका डुडामारीका गङाप्रसाद ओझाले बताए ।