काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभएको छ ।