माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहकार्य र राजनीतिक स्थायित्वका विषयमा मंगलबार छलफल भएको छ। राष्ट्रपति निर्वाचनसम्म हेर्ने र त्यसपछि मात्रै मन्त्रिपरिषद् हेरफेर गर्ने योजनामा रहेका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जसपासँग संवाद थालेका हुन्।

संवैधानिक पदमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावपछि एमाले असन्तुष्ट छ  भने मन्त्रालय भागबन्डामा असहमति जनाउँदै जसपा सरकारमा सहभागी भएको छैन त्यसैगरी एकीकृत समाजवादी प्रतिपक्षमा छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जसपा अध्यक्ष उपेन्द्र यादवले सामान्य सामान्य हाई–हेलो भएको बताए  भने एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल तत्कालको प्राथमिकता सरकार नभई संगठन निर्माण, विस्तार र सुदृढीकरण भएको तर परिस्थिति फेरिए नयाँ ढंगले अघि बढ्न तयार छौं भन्छन।

प्रचण्डले पूर्वमाओवादीसहित एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा बनाउन चाहेका छन् त्यसैले भेटमा समाजवादी केन्द्र निर्माणबारे पनि छलफल भएको बताइएको छ।