काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।