प्रदेश १ को नाम राख्ने बिषयमा प्रमुख दलहरुको सहमति भएपछी नामाकरण टुंगो लाग्ने भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए र त्यसमै नेकपा माओवादी केन्द्र पनि अन्तिम क्षणमा सहमत भएको छ ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको भएपनि एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएपछी नेकपा माओवादी केन्द्र पनि सोहि नाममा सहमति जनाउन तयार भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनताले नै पहिचानको मुद्दा छोडेको माओवादी नेताहरूले बताएका छन्। एक माओवादी नेता तथा सांसद गणेश उप्रेतीले ले जनताले पहिचान चाहनेलाई मत नदिएपछि माओवादीले पनि पहिचानसहितको नाम दिन नसकेको आशय व्यक्त गरेका छन्।