२०७० सालमा सुरू भएको भक्तपुरको कमलविनायकबाट नगरकोट जाने १७ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम दुई वर्षमा पूरा गर्ने भनिए पनि नौ वर्ष बितिसक्दा पनि नसकिएको कारण आक्रोशित स्थानीयले बिहीबार सडक अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो रिस पोखेका छन्।

मन्त्री श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली बिहीबार सडक अनुगमनका लागि नगरकोट पुगेको थियो भने त्यही बेला स्थानीयले जुनसुकै मन्त्री फेरिए पनि सडकको हालत नफेरिएको भन्दै आक्रोश पोखेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त सडक निर्माणको ठेक्का लिने शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी हुन्।

सडक अनुगमनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले दुई वर्षमा सक्नुपर्ने सडक नौ वर्षसम्म नसकिनु लज्जास्पद भएको स्वीकार गर्दै सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे ठेकेदारसँग थप छलफल गरि समयमा काम पूरा नभए ठेक्का तोड्ने बाचा समेत गरे।