आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाइ भाग्यमा भए घुमिफिरी भन्ने उखान चरितार्थ पारेका छन।

यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर उनको सरकार एक महिनामै ढलेपछि प्रदेश सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५३ सदस्यीय प्रदेश सभामा सहभागी ५२ जना सांसद मध्येबाट शाहले ४१ मत पाए भने उनको विपक्षमा ११ मत परेको थियो जसमध्ये एमालेको १० र राप्रपाको १ मत रहेको थियो ।