आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवर लाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि वरियतामा अगाडि आएका कुँवर एआईजी बढुवासम्म आइपुग्दा अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि कुँवर महानिरीक्षकका लागि १ नम्बर प्रतिस्पर्धी बनेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य का साथै वसन्तबहादुर कुँवर महानिरीक्षकको प्रतिस्पर्धामा थिए भने मन्त्रिपरिषदले १ नम्बर वरियता क्रममा रहेका उनलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।