काठमाडौँ– कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । त्यसैगरी उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा ५ चैतमा विराटनगरमा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।