जमिनको निहुमा विवाद हुँदा गोली प्रहारबाट रौतहटमा एक जनाको मृत्यु भएको छ।

जग्गासम्बन्धी विवादका क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवादका क्रममा गोली लागेका स्थानीय राजकुमार राय यादवको उपचारका लागि वीरगञ्ज लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन भने गोली कसले चलायो भन्ने खुल्न सकेको छैन।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ।