सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले विभिन्न विषयमा सहमति जुटाएको छ।

प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले संसदीय समिति, संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउने र टिआरसीबारे विशेष समितिमा छलफल गर्नेजस्ता विषयमा सहमति जुटेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए।

बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले बैठक सौहार्दपूर्ण र उपलब्धिमुलक रहेको पत्रकारहरूलाई बताए।

‘जे-जे विषय छलफलमा थिए ती विषय सहमतिमा पुगेको छ,’ उनले भने, खासगरी संसदका विभिन्न समितिहरूका सन्द र्भमा संसदीय सुनुवाई समितिको सभापति नेपाली कांग्रेसले लिने र राज्यका निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले लिने सहमति भएको छ।’

प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको उनले बताए।

‘संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ,’ उनले भने, ‘टिआरसीबारे विशेष समिति गठन गर्ने र त्यो समितिबाटै छलफल गरी अगाडि बढाउने सहमति भएको छ।’

विशेष समिति १५ सदस्यीय हुने उनले बताए।