तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ३५ हजार ३६ मत गणना भएको छ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मे दवार डा.स्वर्णिम वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई १० हजार २२८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गरेका छन्। अहिलेसम्म २४ वडाको मतगणना सकिएको छ।

उपनिर्वाचनमा कूल ६३ हजार ७५७ मत खसेको थियो।