उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।

लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन।

वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्यासएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका थिए । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

यस्तै, तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।