प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा राज्यबाट भएको खर्च विवरण सदनलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएका विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा विवरण आइरहेका छन्, भएको के हो? सरकारले संसदलाई जानकारी गराएको छैन,’ उनले भने, ‘सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड गरेर राष्ट्रपतिलाई भारतमा उपचार गर्न पठाएको भन्ने व्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको पनि थापाको भनाइ थियो।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो। त्यसअघि उनले त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका थिए।

यसअघि राष्ट्रपति सचिवालयले विज्ञप्ति निकालेर राष्ट्रपतिको उपचार खर्चबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण विवरण आएको उल्लेख गरेको थियो।