एसीसी प्रिमियर कपमा कुवेतले लगातार विकेट गुमाउन थालेको छ। पहिलो ओभरमै विकेट गमाएको कुवेतले तेस्रो ओभर नसकिँदै तीन विकेट गुमाएको छ।

कुवेतविरुद्ध बलिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट थिए। पहिलो ओभरको पाँचौं बलमा करणले कुवेतका अदकनन् इद्रिसलाई आउट गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै सोमपाल कामीले दोस्रो विकेट लिएका छन्। सोमपालले  २.३ ओभरमा कुवेतका ओपनर प्रविन्दर कुमारलाई एलबीडब्लू आउट गरे। तेस्रो विकेट पनि करण केसीले लिएका हुन्। यसअघि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन जोडेको थियो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रनको योगफल जोडेका थिए।